भदौ २४ गतेको ध्वंस : आन्दोलन, षड्यन्त्र र नेपालमाथि गरिएको रणनीतिक प्रहार : गुरु प्रसाद भट्टराई

आज को बिचार राजनीति समाचार

२०८२ भदौ २३ र २४ को आन्दोलन नेपाली इतिहासमा एक यस्तो निर्णायक क्षण बन्यो जसले “क्रान्ति” भन्ने जनभावनालाई “प्रतिक्रान्ति” को भयावह परिणाममा रूपान्तरण गरिदियो। प्रारम्भमा जनआवाजको रूप लिएको जेनजी आन्दोलन, दोस्रो दिनसम्म आइपुग्दा, एक योजनाबद्ध विध्वंसात्मक गतिबिधिमा परिणत भयो। राज्यका गम्भीर संरचनाहरु , संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबार वरपरका सुरक्षा घेरा, सरकारी कार्यालयहरू, सञ्चार र प्रशासनिक केन्द्रहरू लगायत देश भरका सरकारी संरचनाहरु लक्षित रूपमा ध्वस्त पारिनु कुनै आकस्मिकता होइन; यो अत्यन्त व्यवस्थित, पूर्व नियोजित र गहिरो रणनीतिक षड्यन्त्रको पराकाष्ठा थियो भन्ने कुरा पुष्टि भइसकेको छ । यसै सन्दर्भमा घटनाक्रमहरु बिष्लेषण गर्न खोजिएको छ ।

•⁠ ⁠जनआक्रोशलाई ‘कवच’ बनाएर योजनाबद्ध ध्वंस गर्ने रणनीति :

जेनजी आन्दोलनका सुरुवाती मागहरू जनजीवनसँग जोडिएका थिए; बेरोजगारी, भ्रष्टाचार, शासनमा ढिलासुस्ती र न्यायिक असमानता। यस कारण आन्दोलनमा ठूलो युवा समर्थन देखियो। तर यही जनआक्रोशलाई योजनाकारहरूले “कवच” बनाए। स्कूले नानीहरुको भीडलाई अगाडि राखियो, तर रणनीति र लक्ष्य भने पर्दा पछाडिबाट सञ्चालित भयो।

२३ गते १९ जना भाइ बहिनीहरु मारिए । त्यो २४ गतेको तयारी रहेछ भन्ने प्रष्ट हुँदैछ । २४ गते बिहानैदेखि आन्दोलनले रूप बदल्यो । स्वतःस्फूर्त प्रदर्शनलाई पछ्याउँदै एकैपटक राजधानीका संवेदनशील क्षेत्रहरूमा सुनियोजित आक्रमण भयो। संसद् भवन वरिपरि तोडफोड, आगजनी र सुरक्षा घेरा भेदिएको दृश्य साधारण भीडको क्षमताभन्दा धेरै परको बिषय थियो।

आन्दोलनको भीडभित्र विशेष तयारी र हातहतियार सहितका समूह सक्रिय थिए जसको उद्देश्य देशका मूल राजनीतिक प्रशासनिक संरचनालाई नै ध्वष्त पार्नु थियो।

•⁠ ⁠राज्य सुरक्षा संयन्त्रको अस्वाभाविक निष्क्रियता – दुर्घटना कि योजना?

कुनै पनि देशको राजनीतिक मुटु मानिने क्षेत्रहरूमा यति व्यापक विनाश हुँदा सुरक्षा संयन्त्र पूर्ण रूपमा निष्क्रिय रहनु नै शंकास्पद थियो। आन्दोलन सुरु भएदेखि नै राज्यका सुरक्षा निकायहरूको प्रतिक्रिया सुस्त, असमन्वयकारी र असंगठित देखियो।

सिंहदरबार, संसद् भवन, प्रधानमन्त्री कार्यालय नजिकका उच्च सुरक्षा क्षेत्रहरूमा तैनाथ बलहरू पहिलो केही घण्टासम्म पनि प्रभावकारी रूपमा सक्रिय नहुनुले गम्भीर प्रश्न उठाउँछ । के सुरक्षा संयन्त्रलाई जानाजानी निष्क्रिय बनाइयो? के आदेश ढिलो दिइयो वा कतै सुरक्षा निकाय भित्रैबाट “संयम” का नाममा योजनाबद्ध ढिलाइ गरियो? यदि यी प्रश्नहरूको जवाफ पारदर्शी ढंगले खोजिएन भने, यसलाई षड्यन्त्रको उपज मान्न बाध्य हुनेहरू बढ्दै जानेछन् र भविष्यमा शुरक्षा निकाय प्रतिको जनभावना अझ स्खलित हुनेछ ।

•⁠ ⁠आन्दोलनभित्रको ‘घुसपैठ’, जब रणनीति बाहिरबाट लेखिन्छ :

२४ गतेको ध्वंसले एउटा कुरा स्पष्ट देखाएको छ ; आन्दोलनभित्र वास्तविक जनआवाज मात्र थिएन, घुसपैठिएका रणनीतिक स्वार्थहरू पनि मिसिएका थिए। आन्दोलनको नारा एकातिर , तर उद्देश्य अर्कोतिर देखियो । जेनजीहरु न्याय र सुधारका आवाज उठाइरहेका थिए । माओबादी, रास्वपा, बालेन समुहहरुले भने यसलाइ केवल सत्ता परिवर्तनको प्लेटफर्म बनाउन चाहेका थिए । हुलमुल र ध्वंशका विचमा लुटपाट गर्ने अर्को समुह सकृय थियो । यसलाइ रणनीतिक रुपमा प्रयोग गरेर नेपाल अस्थिर बनाउन चाहने फ्रि टिबेट समुह र भूराजनीतिका बिदेशी खेलाडीहरु आफ्नै स्वार्थमा केन्द्रीत थिए ।

राजधानीमा विनाश गरिएका धरोहरहरू संसद् भवन, सञ्चार गृहहरू, प्रशासनिक केन्द्रहरू सामान्य भीडका लागि सहज पहुँचको बिषय होइन। तर ती स्थानहरू ध्वंश गर्न कसरी र कसको निर्देशनमा चयन गरिए भन्ने प्रश्न गम्भीर रुपमा उठेको छ।

•⁠ ⁠मिडिया र डिजिटल प्लेटफर्म; आन्दोलनको ‘प्रोपेगन्डा युद्ध’

२४ गतेको घटनामा सडक भीड भन्दा बढी प्रभाव डिजिटल प्लेटफर्महरूले पारे। सामाजिक सञ्जालमार्फत जनभावना भड्काइयो, सूचनाहरूलाई तोडमोड गरियो, हल्लाहरूलाई योजनाबद्ध रूपमा फैलाइयो।आन्दोलनका अघिल्लो रातदेखि नै विशेष ‘ह्यासट्याग’, ‘फेक न्यूज’ र निर्देशित संदेशहरू फैलाइएका थिए जसले आन्दोलनलाई भावनात्मक विस्फोटतिर धकेल्यो। यो डिजिटल प्रोपोगन्डा कुनै स्वतःस्फूर्त गतिविधि होइन; यसका पछाडि सशक्त संगठित ‘सूचना रणनीति’ थियो भन्ने प्रमाणहरू सार्वजनिक भएका छन्।

•⁠ ⁠राजनीतिक दलहरूको दोहोरो भूमिका अवसरवाद र पाखण्डपन

सत्ता बाहिरका माओबादी, रास्वपा, बालेन समुहहरुले आन्दोलनलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उपयोग गर्न खोजे। आन्दोलनको शक्तिलाई समर्थन देखाउने र पर्दा पछाडिबाट त्यसैलाई कमजोर पार्ने, अनि अन्ततः अस्थिर अवस्थाबाट सत्ताको पुनर्संरचना गर्ने, यही योजना स्पष्ट देखियो।

कसैले आन्दोलनलाई आफ्नो ‘राजनीतिक लाभ’ मा बदल्न खोजे, कसैले आन्दोलनलाई असफल पारेर “हामी नहुँदा देश अस्तव्यस्त हुन्छ” भन्ने सन्देश दिन खोजे। अन्ततः लाभ ती शक्तिहरूले उठाए जसले जनआन्दोलनलाई असफल देखाउन चाहन्थे । हानि भने जनता र राष्ट्रिय संरचनाले बेहोरेको स्थिति छ ।

•⁠ ⁠प्रतिक्रान्तिको मोड; आन्दोलनबाट विनाशतिर

२४ गतेको उग्र रूपले जनभावनाको “क्रान्तिकारी उर्जा” लाई “प्रतिक्रान्तिकारी शक्ति” मा बदलिदियो। आन्दोलनले प्रणाली परिवर्तन होइन, प्रणालीलाई अस्थिर बनाउने परिणाम ल्यायो। संसद्, सिंघदरवार लगायत भवनहरु जलेपछि राज्यको प्रतीकात्मक शक्ति क्षतविक्षत भयो । सुरक्षा संयन्त्रप्रति जनविश्वास कमजोर बन्यो । राजनीतिक नेतृत्वको असफलता प्रष्ट देखियो । यसले गर्दा आन्दोलनको वैधता आफैं कमजोर बन्यो र जनआन्दोलनको नाममा भएको विध्वंस षड्यन्त्रकारी शक्तिहरूका लागि सवैभन्दा ठूलो उपहार बन्यो।

•⁠ ⁠राष्ट्रिय स्वाधीनतामाथि प्रत्यक्ष प्रहार:

नेपालको राजनीतिक अस्थिरता सधैं आन्तरिक मात्र होइन, बाह्य खेलसँग पनि जोडिएको इतिहास छ। जब कुनै देशमा सरकार र शासन संरचना कमजोर पारिन्छ, त्यसको फाइदा बाह्य रणनीतिक शक्तिले उठाउने अवसर बढ्छ। २४ गतेको ध्वंसले यही खतरनाक अवस्था निम्त्यायो । प्रशासनिक संरचना कमजोर पारियो, राजनीतिक प्रणाली अस्थिर बनाइयो, र राष्ट्रिय निर्णय क्षमतामाथि नै प्रश्न उठाइयो। यो केवल आन्दोलन होइन, राष्ट्रिय स्वाधीनतामाथि आन्तरिक–बाह्य गठबन्धनद्वारा गरिएको गहिरो प्रहार पनि हो भन्ने बुझ्न ढिलाइ गर्नु हुँदैन ।

•⁠ ⁠न्यायिक र राजनीतिक जवाफहिनता; राष्ट्रको अस्तित्वको प्रश्न

भविष्यमा यस प्रकारका योजनाबद्ध विध्वंस रोक्न सत्यको पहिचान र जवाफदेहीता अनिवार्य हुन्छ । यदि २४ गतेको घटनाको छानबिन सतही मात्र भयो भने यो षड्यन्त्रको मूल कहिल्यै उदांगिने छैन। अनि यस्ता घटनाहरू भविष्यमा झन् ठूलो रूप लिएर दोहोरिनेछन्। स्वतन्त्र र निष्पक्ष छानबिन आयोग गठन, डिजिटल प्रोपेगन्डा र वित्तीय स्रोतहरूको ट्रेसिङ, सुरक्षा संयन्त्रहरुको निष्कृयताको प्रष्ट जवाफ र केही राजनीतिक दलहरूको दोहोरो भूमिकाको विश्लेषण बिना सत्य सतहमा आउन सक्दैन।

– राष्ट्रिय पाठ ; भावनाभन्दा रणनीति बलियो हुनैपर्छ

जेनजी आन्दोलन युवाको आक्रोशको प्रतिविम्ब थियो। तर भावनालाई योजना, संगठन र राष्ट्रिय रणनीति बिना प्रयोग गरियो भने त्यही आक्रोश प्रतिक्रान्तिको हतियार बन्छ। यही भयो २४ गते । युवाशक्ति प्रयोग गरियो, तर नतिजा जनताको पक्षमा भएन र आएन । भविष्यमा यस्ता आन्दोलन सफल हुन, राष्ट्रिय हित रक्षा गर्न र युवाको शक्ति राष्ट्र निर्माणमा प्रयोग गर्न तीन कुरा अपरिहार्य छन् ; एक- स्पष्ट र विश्वसनीय नेतृत्व, दुइ – रणनीतिक संगठन र सूचनाको विश्वसनियता, तीन- राष्ट्रिय सुरक्षा संयन्त्रको पारदर्शी र संवेदनशील सक्रियता।

अन्तमा योजनाबद्ध प्रतिक्रान्तिको नक्सा भत्काउन सत्यको पहिचान अनिवार्य छ । भदौ २४ को ध्वंस केवल राजनीतिक आन्दोलनको विकृति होइन; यो योजनाबद्ध प्रतिक्रान्तिको नक्सा पनि हो जसमा आन्तरिक कमजोर संरचना, बाह्य रणनीतिक हस्तक्षेप र राजनीतिक अवसरवाद एकै ठाउँमा मिसिएका छन् । संसद् भवन जल्नु, सुरक्षा संयन्त्र मौन रहनु र केही राजनीतिक दल र भूराजनीतिले लाभ उठाउन खोज्नु , यी तीनवटै कुराले एउटै कुरा देखाउँछन्: २३-२४ गते देशलाई अस्थिर पार्ने खेल खेलियो ।

अब राष्ट्रले दुई बाटामध्ये एउटा रोज्नुपर्नेछ; या त सतही राजनीतिक बयानबाजीमा सीमित रहँदै फेरि त्यही गल्ती दोहोर्‍याउने, वा गहिरो रुपमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *