दुर्घटनामा मृत्यु भएका २२को शव अस्पतालमा

  दाङ, ७ पुस (रासस) ः तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा बिहिबार भएको बस दुर्घटनामा परी मृत्यु भएका २२ जनाको शव राप्ती अञ्चल अस्पतालमा ल्याइएको छ । मृतकमध्ये चार महिला र १८ पुरुष रहेको र सबै शव राति ३ बजेसम्म उक्त अस्पतालमा ल्याइसकिएकाले सनाखत पनि छिटै गरिने उहाँले बताउनुभयो । सो दुर्घटनामा परी अन्य १५ जना गम्भीर […]

Continue Reading

नागरिक लगानी कोषमा भद्रगोल

काठमाडौँ, ६ पुस (रासस) : नेपाल सरकारको समेत लगानी रहेको नागरिक लगानी कोषको हिसाब किताब भद्रगोल देखिएपछि सर्वसाधारण शेयरधनी आक्रोषित भएका छन् । महालेखापरीक्षकको प्रतिवेदनले नागरिक लगानी कोषका काम कारवाही प्रक्रियामा प्रश्न चिह्न देखाएपछि शेयरधनी रुष्ट भएका हुन् । आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुपर्नेमा सो समस्याका कारण कोषले आज राजधानीमा २३औँ वार्षिक […]

Continue Reading

अध्यक्ष दाहालद्वारा दुःख व्यक्त

काठमाडाँै, ६ पुस (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझ दाङमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । आज साँझ एक वक्तव्य जारी गर्दै उहाँले शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षकको मृत्यु भएको घटनाप्रति आफू र सिङ्गो पार्टी मर्माहत भएको जनाउनुभएको […]

Continue Reading

दुर्घटनामा तीन महिलासहित २१ जनाको मृत्यु

  तुलसीपुर, ६ पुस (रासस)ः सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको बा४ख ९७६६ नंको बस तुलसीपुर–सल्यान सडकखण्डको तुलसीपुर– ३ राम्रीमा दुर्घटना हुँदा तीन महिलासहित २१ जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार मृतकको शव घटनास्थलबाट […]

Continue Reading

दोस्रो नेपाल आइडल बने रवि ओड

काठमाडौं :  नेपाल आइडल सिजन २ को विजेता रवि ओड बनेका छन् । रविले २२ लाख र गोल्डेन माइक पाएका छन् । आइडलको फ्रस्ट रनरअप बिक्रम बराल बने । बरालले २० लाखको चेक पाएका छन् । सेकेण्ड रनरअप सुमित पाठक भए । सुमितले १२ लाख बराबरको चेक र ट्रफी पाए । थड रनरअप अर्थात् चौथो अस्मिता अधिकारी भइन् […]

Continue Reading

पोखरामा राजा ज्ञानेन्द्र र कमल थापाबीच एक घण्टा भेटवार्ता

पाेखरा पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अधयक्ष कमल थाापाबीच एक घण्टा लामो भेटवार्ता भएको छ। शुक्रबार पोखरा १७ दोबिल्लाको माउन्टेन ग्लोरी रिसोर्टमा बसिरहेका ज्ञानेन्द्रसँग थापाले त्यहीँ पुगेर भेटेका हुन्।  अध्यक्ष थापाले पूर्वराजासँग भेट्नुअघि पत्रकारसँग कुरा गर्दै यसअघि जस्तै आज भेटवार्ता हुने बताएका थिए। राजसंस्था सबैको साझा भएको हुँदा राप्रपा नेपाल पार्टीसँग पूर्वराजाको विशेष […]

Continue Reading

म्याग्दी सदरमुकाम बेनीस्थित विक्रम विकको घरमा विद्युत् सर्टका कारण आगलागी भएपछि आगो नियन्त्रणमा लिँदै

म्याग्दी सदरमुकाम बेनीस्थित विक्रम विकको घरमा विद्युत् सर्टका कारण आगलागी भएपछि आगो नियन्त्रणमा लिँदै स्थानीयवासी र सुरक्षाकर्मी । आगलागीमा करिब १३ लाख बराबरको क्षति भएको छ । तस्बिर ः कमल खत्री ,बेनी(म्याग्दी),रासस

Continue Reading

खानी दुर्घटनामा १३ जनाको मृत्यु

प्राग, ६ पुस  चेक रिपब्लीकको पूर्वी क्षेत्रमा रहेको एक कोइला खानीमा दुर्घटना हुँदा १३ जनाको खानी मजदूरको मृत्यु हुनुका साथै अरु १० जना घाइते भएका छन् । ओकेडी माइनिङ कम्पनीका प्रवक्ता इभो सेलेचोभ्स्कीले मारिएका १३ जनामा ११ जना पोल्यान्डका र दुई जना चेकोस्लोभाकियाका रहेको जानकारी दिनुभयो । उक्त दुर्घटना बिहीबार अपराह्न राजधानी प्रागबाट करिब ३०० […]

Continue Reading

दीपक मनाङ्गे राजीव गुरुङ थुनामुक्त भएका छन्

६ पुस, काठमाडौं । सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि उनलाई छाडिएको डिल्लीबजार कारागार स्रोतले बतायो । प्रदेश ४ का प्रदेशसभा सदस्य समेत रहेका मनाङ्गे ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए । उनलाई ७ वैशाखमा काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको थियो । अघिल्लो वर्ष माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय […]

Continue Reading

आहारा खोजीगर्दै मयुर

कञ्चनपुरको लालझाडी गाँउपालिका–३ देखतभुलीका स्थानीयबासीले पालेको मयुर आहाराको खोजी गर्दै तस्वीर । तस्वीर राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

Continue Reading