‘कोही पनि नेपाली स्वास्थ्य सेवाबाट वञ्चित नहुने’

भक्तपुर, ४ पुस (रासस) : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले कोही पनि नेपाली स्वास्थ्य सेवा र सुविधाबाट वञ्चित हुने स्थिति आउन नदिइने बताउनुभएको छ । बोडेस्थित कृषि तालीम केन्द्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको दुईदिने राष्ट्रिय वार्षिक समीक्षा कार्यक्रमको समापन गर्दै उहाँले मन्त्रालयले नेपालका सबै सरकारी अस्पताल र स्वास्थ्य संस्थालाई प्रविधि विस्तार […]

Continue Reading

सुरक्षा खतरा रहेको प्रमाण देखाउन हुवावेको चुनौती

डोन्गुआन, चीन, ४ पुस – चीनको विशाल दूरसञ्चार कम्पनी हुवावेका अध्यक्ष केन हुले संयुक्तराज्य अमेरिका र विश्वका अन्य सरकारहरुलाई आफ्नो उत्पादनबाट सुरक्षा खतरा रहेको प्रमाण देखाउन चुनौती दिनुभएको छ । हुवावे टेक्नोलोजी लिमिटेडको मुख्यालयमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष हुले हुवावेका उत्पादनहरु कुनै “विचारधारा र भूराजनीतिक” धारणाबाट निर्देशित छन् भन्ने आरोपमा सत्यता नरहेको बताउनुभयो । उहाँले […]

Continue Reading

प्रधानसेनापति थापा जितगढी किल्लामा

स्यौली, ४ पुस  प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकको ऐतिहासिक सम्पदा बुटवलको जितगढी किल्लाको आज स्थलगत अवलोकन गर्नुभएको छ । सो अवसरमा उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जितगढीमा नेपालकै ठूलो राष्ट्रिय झण्डा र स्व कर्णेल उजिरसिंह थापाको पूर्ण कदको शालिक बनाउन लागेकोलगायतका एकीकृत पर्यटन विकासका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले जितगढीमा नेपाली सेनाले पनि नियमित ड्यूटी गर्ने […]

Continue Reading

नारायणहिटी दरबारको पर्खाल नबन्दा जोखिमपूर्ण यात्रा

काठमाडौँ, ४ पुस भूकम्पले क्षतिग्रस्त नारायणहिटी दरबार सङ्ग्रहालयको नारायण मन्दिर र पर्खाल नबन्दा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । ऐतिहासिक, धार्मिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण नारायण मन्दिर र सँगैको सत्तल पुनःनिर्माणका लागि पुरातत्व विभाग एवं गुठी संस्थानसँग अनुरोध गर्दा समेत प्रक्रियाअघि बढ्न नसकेको पूजारी रोहिणीप्रसाद पौडेलले गुनासो गर्नुभयो । भूकम्पपछि काठमाडौँ महानगरपालिका–१ कार्यालयका प्राविधिकले […]

Continue Reading

गोरखाको शहीद लखन गाउँपालिका–२ मनकामनाका सुन्तलाखेती गर्दै आएका किसानलाई ‘किसान परिचयपत्र’ वितरण गरिएको छ ।

गोरखा, ४ पुस गोरखाको शहीद लखन गाउँपालिका–२ मनकामनाका सुन्तलाखेती गर्दै आएका किसानलाई ‘किसान परिचयपत्र’ वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत परियोजना कार्यान्वयन एकाइ सुन्तला जात फलफूल जोनले व्यावसायिक रुपमा सुन्तला खेती गर्ने किसानलाई परिचयपत्र वितरण थालेको हो । किसानलाई व्यावसायिक रुपमा खेती गर्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले परिचयपत्र वितरण गरिएको परियोजनाका प्रमुख अजय […]

Continue Reading

मालपोतमा नागरिक आफैले फारम भर्न सक्ने सर्वोच्चको आदेश

काठमाडौँ, ४ पुस  सर्वोच्च अदालतले भूमि सुधार कार्यालय र मालपोत कार्यालयमा काम गर्न जाँदा लेखापढी गर्न सक्ने नागरिकले आफैँले फारम गर्न सक्ने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले आज भूमि सुधार मन्त्रालयले बनाएको नीतिअनुसार लेखापढी गर्न सक्ने नागरिकले आफैँ फारम भरेर काम गर्न सक्ने आदेश जारी गरेको […]

Continue Reading

निर्मला हत्यासम्बन्धी प्रतिवेदन हस्तान्तरण

काठमाडौँ, २ पुस (रासस) : कञ्चनपुरकी निर्मला पन्तको घटना अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीको भूमिकाउपर छानबिन गर्न गठित समितिले आज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अध्ययन प्रतिवेदन बुझाएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा गठित समितिले आज प्रतिवेदन बुझाएको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिनुभयो । प्रतिवेदनको आवश्यक अध्ययनपछि थप कारवाही प्रक्रिया अगाडि […]

Continue Reading

ज्ञानेन्द्रको स्वागतमा गणतन्त्रविरोधी नाराबाजी

२ पुस, पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा उनका समर्थकहरुले सोमबार बिहान पोखरा विमानस्थलमा राष्ट्रिय झण्डा बोकेर गणतन्त्रविरोधी नारा लगाएका छन् । राजतन्त्रका समर्थकहरुले गणतन्त्रलाई फाँसी दे भन्दै नारा लगाएका छन् । नारा लगाउने क्रममा राष्ट्रिय झण्डाको समेत प्रयोग गरिएको छ । ज्ञानेन्द्रका समर्थकहरुले गणतन्त्रलाई फाँसी दे, संघीयता खारेज गर, हिन्दु राष्ट्र कायम गर जस्ता […]

Continue Reading

भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका

धादिङ, २ पुस  थोरै खोरियाबारी छन्, घरमा अन्न सकिएको छ । बाबु मजदुरी गर्न गए । आमा बिहानै मेलामा गइन् । घरमा खानेकुरा नभएपछि उनी अँगेनाको छेउबाट उठेपछि घाम ताप्न निस्किए । केहीबेरको घाम तापेपछि उनी किताब बोकेर खाली खुट्टै विद्यालय निस्कन्छन् । दक्षिणी धादिङको बेनीघाटरोराङ गाउँपालिका–२ चोतेसस्थित बागेश्वरी आधारभूत विद्यालय कक्षा १ मा अध्ययनका […]

Continue Reading

कास्कीमा प्रहरीद्धारा पेशेवर चोर पक्राउ

कास्की पौष ०१ गते जिल्ला कास्की पोखरा महानगरपालिका स्थित रहेका बिभिन्न सुनचादी पसल , किराना पसल तथा मोबाईल पसलहरु समेतमा हुने गरेका छुटपुट चोरीका घटनाहरुको गहन रुपमा अनुसन्धान गर्नको लागी जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी अनुसन्धान तथा नियन्त्रण गर्नको लागी विषेश प्रहरी टोली गठन गरी आफ्नो बडा ईलाकाको समेत सुरक्षा स्थितिलाई मध्यनजर राख्दै ब्यापक रुपमा,एम्बुसिङ, […]

Continue Reading