अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया शुरु

काठमाडौँ, १६ माघ (रासस) : चिनवनको भरतपुर महानगरपालिकामा निर्माण गर्न लागिएको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया औपचारिक रुपमा शुरु भएको छ । धुर्मुस सुन्तली फाउन्डेशनले आज यहाँ आयोजना गरेको कार्यक्रममा फाउण्डेशन र भरतपुर महानगरपालिकाबीच रङ्गशाला निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर महानगरपालिका–१६ को कृषि तथा वन विश्वविद्यालयले […]

Continue Reading

चीनसँगका १५ नाका सञ्चालनमा आउने : उपप्रधानमन्त्री पोखरेल

भोजपुर, १६ माघ (रासस) : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले चीनसँगका १५ नाका सञ्चालनमा ल्याउन लागिएको बताउनुभएको छ । गोगनेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा जानकारी गराउनुभएको हो । उहाँले तीन तहको सरकार बनिसकेकाले जनप्रतिनिधिले जनतालाई निर्वाचनमा गरेका कबुललाई सम्झेर काम गर्न आग्रह गर्नुभयो । उहाँले रोजगारी र उत्पादनका क्षेत्रमा केन्द्र सरकारले […]

Continue Reading

पाइप विस्फोट मृत्यु हुनेको सङ्ख्या ११७ पुग्यो

 १६ माघ  इन्धनको पाइप विस्फोटनमा परी मेक्सिकोमा मृत्यु हुनेको सङ्ख्या ११७ पुगेको छ । यही जनवरी १८ तारिखका दिन मेक्सिकोको हिडाल्गोमा भएको घटनामा परी मृत्यु हुनेको सङ्ख्या मङ्गलबारसम्म ११७ पुगेको सरकारी अधिकारीहरुले जनाएका छन् । उनीहरुले दिएको पछिल्लो जानकारी अनुसार मृत्यु भएका मध्ये ६८ जनाको घटनास्थलमै मृत्यु भएको हो भने ४९ जनाको उपचारका क्रममा अस्पतालमा […]

Continue Reading

आरन व्यवसाय सङ्कटमा

डोटी, १६ माघ  जिल्लामा नयाँ प्रविधि र उपकरण भित्रिएसँगै यहाँका आरनकर्मी व्यवसायीको पेशा नै सङ्कटमा पर्न थालेको छ । उनीहरुले आफूले गर्दै आएको पेशाबाट खासै आम्दानी गर्न नसकेपछि अधिकांश आरन व्यवसायी पलायन हुने अवस्थामा पुगेका हुन् । जिल्लाका ग्रामीण भेगमा पनि नयाँ खालका प्रविधिबाट बनेका सामान सजिलै र सस्तो दरमा पाउन थालेपछि आरनको महत्व घट्दै […]

Continue Reading

स्ववियुको निर्वाचन सारौँ : महामन्त्री डा कोइराला

भरतपुर, १६ माघ  नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्ववियु निर्वाचनको मिति सार्न माग गर्नुभएको छ । आज भरतपुर विमानस्थलमा रासससँग कुरा गर्दै महामन्त्री कोइरालाले नेविसङ्घभित्रको विवाद र नेतृत्वको टुङ्गो नलागिसकेको भन्दै फागुन १४ गतेको स्ववियु निर्वाचनको मिति सार्नुपर्ने माग गर्नुभएको हो । “नेविसङ्घमा तदर्थ समिति बनाउने कि अर्को समिति बनाएर अधिवेशन गर्ने, त्यसमा हामी […]

Continue Reading

सरकार गल्ती सच्याएर अघि बढोस् : काङ्ग्रेस

काठमाडौँ, १६ माघ  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले स्व गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका अस्पताललाई केन्द्र सरकार मातहत राख्ने मन्त्रिपरिषद्को निर्णयबारे पार्टीलाई कुनै औपचारिक जानकारी नभएको जनाएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गल्ती सच्याएको भन्ने विवरण सञ्चारमाध्यममा आएको उल्लेख गर्दै यसबारेमा पार्टीलाई औपचारिक जानकारी नआएको […]

Continue Reading

उत्पादन बढाउँदै गरीबी घटाउने सरकारको लक्ष्य– मन्त्री अर्याल

पोखरा, १६ माघ  भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्यालले उत्पादन बढाउँदै देशमा गरीबी घटाउने लक्ष्यका साथ सरकार लागेको बताउनुभएको छ । राष्ट्रिय सहकारी विकास बोर्डद्वारा आज पोखरामा आयोजित राष्ट्रिय सहकारी नीति २०६९ को पुनरावलोकन विषयक गण्डकी प्रदेशस्तरीय गोष्ठीको उद्घाटन गर्दै उहाँले देशको मुख्य शत्रु रहेको गरीबीको अन्त्य गर्न देशभित्रै रोजगारी सिर्जना हुनुपर्ने बताउनुभयो […]

Continue Reading

शहीदलाई सम्झिने भाइमात्रै

पर्वत, १६ माघ  आज माघ १६ गते राष्ट्रिय शहीद दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । तर पर्वतमा भने शहीद दिवसका अवसरमा कुनै पनि कार्यक्रम हुन सकेन । गत वर्षसम्म यस दिन कुनै न कुनै सङ्घसंस्थाले कार्यक्रम गरेर सदरमुकाम कुश्माबजारको लोकतान्त्रिक चोकमा रहेको २०६२÷०६३ को जनआन्दोलनमा धौलागिरि अञ्चलबाट शहादत प्राप्त गरेका एकमात्र शहीद […]

Continue Reading

किशोरीको शव फेला

राजविराज, १५ माघ  : सप्तरीको कञ्चनरुप नगरपालिका–६ स्थित चन्द्रनहरमा बगेको अवस्थामा आज एक किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयले नहरले बगाएर ल्याउँदै गरेको अवस्थामा सप्तकोशी नगरपालिका–११ बस्ने रामचन्द्र सदाकी १५ वर्षीया छोरी श्यामकुमारी रहेको जनाएको छ । उनको कसैले हत्या गरेर नहरमा फ्यालेको हुन सक्ने अथवा डुबेका कारणले मृत्यु भएको हुन सक्ने […]

Continue Reading

पत्नी बलात्कार आरोपमा पक्राउ

भक्तपुर, १५ माघ : पत्नीलाई उनको इच्छा र चाहना विपरीत जबर्जस्ती बलात्कार गरेको अभियोगमा मध्यपुर थिमिबाट एक पति पक्राउ परेका छन् । आफ्नै ३७ वर्षीय पत्नीले जबर्जस्ती बलात्कार गरेको जाहेरी दिएपछि मध्यपुरथिमि नगरपालिका–९ बोडे गाँकु बस्ने ४१ वर्षीय रञ्जन खड्कालाई महानगरीय प्रहरी वृत्त थिमिले पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी […]

Continue Reading