राष्ट्रपति भण्डारी पोल्याण्डमा

वार्सा, पोल्याण्ड, १६ मङ्सिर  राष्ट्रपति विद्यादेवी भण्डारी कोप २४ को विश्व सम्मेलनलाई सम्बोधन गर्ने सिलसिलामा पोल्याण्डको राजधानी वार्सा आइपुग्नुभयो । उहाँलाई पोल्याण्डका लागि नेपाली राजदूत रमेशप्रसाद खनालले चोपिन वार्सा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । उहाँका साथ वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, सांसद पूर्णकुमारी सुवेदी, कृष्णगोपाल श्रेष्ठ, पुष्पा भुसाल, चन्द्रा चौधरी र रामसहाय यादव पनि हुनुहुन्छ […]

Continue Reading

चितुवाको आक्रमणबाट बालकको मृत्यु

दमौली, १६ मङ्सिर  चितुवाको आक्रमणबाट तनहुँमा शनिबार राति एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ रहेका छन् । चितुवाको आक्रमणबाट घाइते भएका बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । खाना खाएर हात धुन […]

Continue Reading

पाल्पा–बुटवल सडक बन्द हुने

पाल्पा, १५ मङ्सिर  पाल्पा–बुटवल सडक स्तरोन्नतिका लागि मङ्सिर १७ गतेदेखि १९ गतेसम्म बन्द हुने भएको छ । बुटवल–पाल्पा सडकखण्डअन्तर्गत तिनाउ गाउँपालिकाको दोभानको चिडियाखोलादेखि भुतखोला सडकखण्डमा दैनिक सडक बन्द हुने भएको हो । बिहान १० बजेदेखि ४ बजेसम्म केराबारीदेखि चिडियाखोलासम्म अत्यावश्यकीय सवारीबाहेक अन्य सवारीसाधन पूर्णरूपमा बन्द हुने भएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी पवित्रमणि आचार्यले बताउनुभयो […]

Continue Reading

४४५ एचआइभी सङ्क्रमितको पहिचान

हेटौँडा, १५ मङ्सिर  प्रदेश नं ३ मा एक वर्षकै अवधिमा ४४५ जना एचआइभी एड्स सङ्क्रमित फेला परेका छन् । विश्व एड्स दिवसको पूर्वसन्ध्यामा प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । निर्देशनालयका जनस्वास्थ्य प्रशासक डा राजेन्द्र गिरीले सन् २०१७ मा प्रदेश नं ३ मा पुरुष २४१, महिला १८६ र तेस्रोलिङ्गी १८ जना सङ्क्रमित […]

Continue Reading

एशिया प्रशान्त सम्मेलन हुँदै

काठमाडौँ, १५ मङ्सिर  युनिभर्सल पिस फेडरेसनको आयोजनामा आजदेखि काठमाडौँमा एशिया प्रशान्त सम्मेलन हुँदैछ । राजधानीको ह्यात रिजेन्सी होटलमा दुई दिनसम्म चल्ने सम्मेलनमा सहभागी हुन आधा दर्जन मुलुकका राष्ट्र÷सरकार प्रमुखका साथै अन्य मुलुकका विशिष्ट पाहुनाहरु नेपाल आइपुग्नुभएको छ । सम्मेलनमा ‘वर्तमान समयका गम्भीर चुनौतीमाथि सम्बोधन ः अन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी मान्यता’ विषयमा विभिन्न सत्रमा बहस […]

Continue Reading

विद्यार्थीले ड्रोन उडाए

दार्चुला, १५ मङ्सिर  महाकाली नगरपालिका– ५ घर भएका १६ वर्षका युवक मनिष जोशी महेन्द्र नमूना उमावि खलङ्गामा कक्षा १० मा अध्ययनरत छन् । सानैदेखि विज्ञान र अनुसन्धानमा सोखिन जोशीले विज्ञानमा नयाँ–नयाँ प्रयोग गर्दै आएकाले अहिले चर्चामा छन् । विज्ञान विषयअन्तर्गत उनले बम डिस्पोजलको सफल परीक्षणपछि अहिले स्थानीय सामग्रीको प्रयोग गरी ड्रोन क्यामरा बनाएका छन् । […]

Continue Reading

पार्टीको सिद्धान्त र सङ्घर्षलाई नछाड्ने ः बिजुक्छे

भक्तपुर, १५ मङ्सिर  भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेजको १७औँ र ख्वप कलेज अफ इञ्जिनीयरिङ कलेजको १०औँ वार्षिकोत्सव एवं दुईदिने शैक्षिक प्रर्दशनी सम्पन्न शुक्रबार भएको छ ं। सो अवसरमा विद्यार्थीद्वारा प्रस्तुत विभिन्न शोधपत्र र ३१ वटा रोबोटसहितको दुईदिने शैक्षिक प्रर्दशनीसमेत आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिलाई कसैले […]

Continue Reading

एड्स दिवस ःइँटाभट्टाका एड्सपीडित मजदुर महिला

भादगाउँ, १५ मङ्सिर  विश्व एड्स दिवस मनाइरहदा एड्सबाट सङ्क्रमित चाँगुनारायण नगरपालिका ताथलीको इँटाभट्टामा मजदुरी काम गर्ने २७ वर्षीया कान्छी लामा (नाम परिर्वतन) को दुखेसोलाई कसैले बुझेको छैन् । सिन्धुपाल्चोक घर भई हाल भक्तपुरमै बसोबास गर्ने कान्छीका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा ११ वर्ष भारत बसेका बेला एड्सको सिकार बनेका थिए । दुई वर्ष अगाडि भाइको विवाहका […]

Continue Reading

पोखरा सडक महोत्सव पुस १३ देखि

चिप्लेढुङ्गा, १५ मङ्सिर  पोखरामा एउटा ब्राण्डको रूपमा स्थापित हुँदै आएको सडक महोत्सव पुस १३ देखि १७ गतेसम्म फेवाकिनारमा सञ्चालन हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष हुँदै आइरहेको सडक महोत्सव यस वर्ष पनि विविध गतिविधिका साथ हुनलागेको रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) ले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । […]

Continue Reading

क्यानडा पठाइदिने भन्दै एक करोड ३७ लाख ठग्ने पक्राउ

काठमाडौँ, १४ मङ्सिर  : क्यानडा पठाइदिने भन्दै विभिन्न युवासँग रु एक करोड ३७ लाख ठगी गरेर फरार गोकर्णेश्वर नगरपालिका–१ निवासी ३८ वर्षीया सङ्गीता अधिकारी रायमाझीलाई प्रहरीले आज पक्राउ गरेको छ । ठगीमा परेका युवाले दिएको सूचनाका आधारमा अपराध अनुसन्धान महाशाखाको टोलीले फरार रहेकी अधिकारीलाई पेप्सीकोलाबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिनुभयो । […]

Continue Reading