गैसस महासङ्घको अध्यक्षमा लामा

काठमाडौँ, १६ मङ्सिर  गैरसरकारी संस्था महासङ्घको अध्यक्षमा जीताराम लामा निर्वाचित हुनुभएको छ । आज यहाँ सम्पन्न महासङ्घको नवौँ केन्द्रीय अधिवेशनले वरिष्ठ उपाध्यक्षद्वयमा ध्रुवप्रसाद देव र सुमित्रा सुवेदी, महासचिवमा रामप्रसाद सुवेदी, कोषाध्यक्षमा विष्णु थकालीसहित ४८ सदस्यीय केन्द्रीय समिति चयन गरेको महासङ्घले जनाएको छ । अधिवेशनमा सातै प्रदेशका ७७ जिल्लाका करीब ९०० प्रतिनिधिले भाग लिएका थिए । (रासस) 

Continue Reading

हिन्दू सम्मेलन सम्पन्न

धनुषा, १७ मङ्सिर विश्व हिन्दू महासङ्घको आयोजनामा जनकपुरमा प्रदेशस्तरीय विराट सन्त सम्मेलन आइतबार सम्पन्न भएको छ । सम्मेलनबाट हिन्दू धर्म त्याग्न विवश गर्ने र गराउने विरुद्ध कडा प्रतिकार गर्ने र नेपाललाई हिन्दू राज्य घोषणाका लागि आन्दोलनको तयारी थाल्ने निर्णय गरिएको विश्व हिन्दू युवा परिषद्का प्रवक्ता मिथुन साहले बताउनुभयो । सम्मेलनले धर्मान्तर, छुवाछूत तथा हेपाहा प्रवृत्तिदेखि […]

Continue Reading

गण्डकीका स्वास्थ्य निर्देशनालय प्रमुख घूसहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आगोगको टोलीले गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखरा प्रमुख डा तारानाथ पौडेललाई घूससहित पक्राउ गरेको छ । उनी स्वास्थ्य सेवा अन्तर्गत ११ औं तहमा कार्यरत थिए । डा. पौडेललाई १ लाख रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए । उनले जागिर लगाइदिन्छु भनी घूस लिएको अख्तियारले जनाएको छ । […]

Continue Reading

सम्झौता कार्यान्वयन भएको छैनः डा केसी

धनगढी, १६ मङ्सिर ः प्रा डा गोविन्द केसीले सरकारसँग विगतमा भएको सम्झौता कार्यान्वयन नभएको गुनासो गर्नुभएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा केसीले कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजको भौतिक पूर्वाधार निर्माणको काम सन्तोषजनक रहेको बताउनुभयो । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा पनि मेडिकल कलेज आवश्यक रहेको भन्दै डा केसीले भन्नुभयो, “डोटी वा डडेल्धुरामा पनि मेडिकल […]

Continue Reading

राष्ट्रपति भण्डारी पोल्याण्डमा

वार्सा, पोल्याण्ड, १६ मङ्सिर  राष्ट्रपति विद्यादेवी भण्डारी कोप २४ को विश्व सम्मेलनलाई सम्बोधन गर्ने सिलसिलामा पोल्याण्डको राजधानी वार्सा आइपुग्नुभयो । उहाँलाई पोल्याण्डका लागि नेपाली राजदूत रमेशप्रसाद खनालले चोपिन वार्सा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । उहाँका साथ वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, सांसद पूर्णकुमारी सुवेदी, कृष्णगोपाल श्रेष्ठ, पुष्पा भुसाल, चन्द्रा चौधरी र रामसहाय यादव पनि हुनुहुन्छ […]

Continue Reading

चर्चको कार्यक्रममा सरकार संलग्न हुनु दुर्भाग्यपूर्ण: डा. लोहनी

काठमाडौं । एकीकृत राष्ट्रवादीका अध्यक्ष तथा पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीले एसिया प्यासिफिक सम्मेलनका सन्दर्भमा आयोजित डिनर बहिष्कार गर्ने घोषणा गरेका छन् । युनिफिकेसन चर्चको बजारीकरणका लागि गरिएको कार्यक्रम भन्दै उनले बहिष्कारको घोषणा गरेका हुन् । फेसबुकमा स्टाटस लेख्दै डा. लोहनीले चर्चको भेलामा सरकार संलग्न हुनु दुभाग्र्यपूर्ण भएको पनि बताएका छन् । आफ्नो पार्टी यो अभियानमा […]

Continue Reading

नेपाली मौलिक बाजाका रुपमा स्थापित पञ्चैबाजा जोगाउन जुटे युवा

पाल्पा, १४ मङ्सिर  नेपाली मौलिक बाजाका रुपमा स्थापित पञ्चैबाजा जोगाउन यहाँका परियार समुदायका युवा जुटेका छन् । रम्भा गाउँपालिका–१ हँुगीका पदमबहादुर परियारले शुरुआत गरेको अभियानमा सबै जुटेपछि लोप हुने अवस्थामा पुगेको पञ्चैबाजा संरक्षण भएको हो । पदमबहादुरका परिवारले पञ्चैबाजा बजाउने पेशालाई अँगाले पछि उहाँका परिवारका साथै नयाँ पुस्तासमेत संरक्षणमा जुटेका हुन् । अहिले स्थानीय युवाहरुसमेत […]

Continue Reading

पाथीभराको भेटी रु ५० लाख

ताप्लेजुङ, १४ मङ्सिर प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार महीनामा करिव रु ५० लाख सङ्कलन भएको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म तीर्थयात्रीले चढाएको रकम गणनामा रु ४९ लाख ६५ हजार ६५०सङ्कलन भएको तर भारतीय रुपैयाँ भने गणना गर्न बाँकी रहेको पाथीभरा भेटिघाटी व्यवस्थापन समितिका सदस्यसचिव उदय भट्टराईले जानकारी दिनुभयो । यस्तै सुन तथा चाँदीलगायत गरगहना […]

Continue Reading

जनमुक्ति सेनाका पूर्वकमाण्डर जडीबुटी खेतीमा जम्दै

तेह्रथुम, १३ मङ्सिर  परदेशमा धेरै कमाइ हुन्छ भन्ने सोचले जिल्लाका धेरै युवा बर्सेनि रोजगारीका लागि विदेशिने क्रम बढ्दो छ तर नेपालमा काम गर्नभन्दा विदेशमा धेरै दुःख कष्ट भोग्नुपर्छ भनेर उनीहरूमध्ये कमैले मात्रै सोचेका हुन्छन् । धेरै युवा विदेश जान चाहन्छन्, तर थोरै युवा जो हुन्छन् उनीहरू यही देशमा केही उत्पादनशील क्षेत्रमा काम गरेर जीवनयापन गर्न […]

Continue Reading

नक्कली नागरिकता लिने दुई भारतीय पक्राउ

वीरगञ्ज, १३ मङ्सिर जिल्ला प्रशासन कार्यालय पर्सामा राहदानी लिन पेश गरेको नागरिकता नक्कली भएको आरोपमा पर्सा प्रहरीले दुई भारतीय नागरिकलाई मङ्गलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–९ बस्ने दिनेशकुमार साह र अरविन्दकुमार सर्राफ रहेका छन् । साहले नक्कली नागरिकताको आधारमा राहदानी लिन खोज्दा तथा सर्राफले झुठो विवरण पेस गरी २०६३ सालमा लिएको नागरिकताको […]

Continue Reading