Dakshya A.I ले प्राविधिक वा कोडिङको पूर्वज्ञान नभएकाहरूका लागि जाभा सिकाइ वेबसाइट लन्च गर्‍यो

English समाचार सूचना-प्रविधि

पोखरा, नेपाल – Dakshya A.I ले जाभा प्रोग्रामिङमा रुचि राख्ने तर कुनै पनि प्राविधिक पृष्ठभूमि नभएका व्यक्तिहरूका लागि सहयोग पुर्‍याउने उद्देश्यले नयाँ वेबसाइट java-tutorial.dev  सार्वजनिक गरेको छ। जाभा व्यापक रूपमा प्रयोग गरिने प्रोग्रामिङ भाषा भए तापनि धेरैका लागि यसको सुरुवात चुनौतीपूर्ण हुने गरेको छ।

अनुभवी जाभा Developers  अभिषेक भट्टराईले यस समस्यालाई ध्यानमा राखी सरल र बुझ्न सजिलो हुने ट्युटोरियलहरू तयार पारेका छन्। उहाँको विश्वास छ कि कुनै पनि प्राविधिक ज्ञान नभएका व्यक्तिहरू पनि यो वेबसाइटको सहयोगमा जाभा सिक्न सुरु गर्न सक्छन्।

यो प्लेटफर्म शुरुवातकर्ताहरूलाई ध्यानमा राखेर डिजाइन गरिएको छ, जसमा उदाहरणसहित विस्तृत पाठहरू समावेश छन्। भविष्यमा Advance  तहका पाठ्यक्रमहरू पनि थपिने योजना छ।जाभा सीप हासिल गरेपछि विश्वभरका विभिन्न क्षेत्रमा रोजगारीका अवसरहरू प्रशस्त पाइन्छन् र राम्रो आयआर्जन गर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *