♈︎मेष Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
स्वास्थ्य स्थिति प्राय अनुकूल होला । थालेको कार्यहरु भने बीचमै रोकिन सक्छन् । पहिलेको कार्य सफलताले हौसला भने बढ्ला ।
♉︎वृष Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आशा गरेको व्यक्ति वा स्थानबाटै निराश बन्नुपर्ला । व्यापार व्यवसायले पनि अपेक्षित प्रतिफल नदेला । स्वास्थ्यमा पनि कुनै न कुनै समस्या देखिएला ।
♊︎मिथुन Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह
वादविवादको दलदलमा फसिने उच्च सम्भावना रहला । पूरा हुनै लागेको कामलाई समेत पुन: दोहोर्याएर गर्नुपर्ने हुनसक्छ । अनायासै स्वास्थ्यमा पनि असन्तुलनता देखापर्ला ।
♋︎कर्कट Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
थालेका कार्य सफलताको मार्गमा अघि बढ्लान् । मनमा शान्ति तथा मुहारमा कान्ति छाउला । घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा सहभागी भइएला ।
♌︎सिंह Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रतिस्पर्धात्मक कार्यमा उत्कृष्टता प्रदर्शन गर्न सफल भइएला । यत्रतत्र यश, कीर्ति फैलिएला। घरमा नवीन चहलपहल छाउला ।
♍︎कन्या Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
यात्राको क्रममा अनेकन विघ्नबाधाहरुको सामना गर्नुपर्ने हुनसक्छ । मनमा अशान्तिको कालो बादल मडारिएला । कुनै अशुभ समाचार समेत सुन्नुपर्ला ।
♎︎तुला Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
मन प्राय अस्थिर रहला । हरेक कार्यमा बाधा अवरोधको सामाना गर्नुपर्ने हुनसक्छ । स्वजनसँगै वैचारिक मनमुटाव हुनसक्ला ।
♏︎वृश्चिक Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आरोग्यतामा थप वृद्धि आउला। कार्य सिद्धिको समय रहला । मनमा प्रसन्नताको बहार छाउला ।
♐︎धनु Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
असन्तोषरुपि अनलज्वालामा चित्त जल्ला । आर्थिक शंकटको सामना गर्नुपर्ने हुनसक्छ । आँखामा कष्ट वा कुनै समस्या देखिएला ।
♑︎मकर Capricorn
भो, जा, जि, जु, जे, जो, खा, खि, खु, खे, खो, गा, गि
सामाजिक मान सम्मानमा वृद्धि आउला । पारिवारिक साथ सहयोग राम्रो प्राप्त होला ।नयाँ कार्यक्षेत्रमा गरेको लगानीले शुभ फल देला ।
♒︎कुम्भ Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, दा
विश्वासपात्रबाटै घातप्रतिघातको उच्च सम्भावना रहला । नसोचेको ठाउँमा अनावश्यक धननाश होला । मनमा मानसिक चिन्ताले डेरा जमाउला ।
♓︎मीन Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आफन्तजनसँग रमाइलो भेटघाटको अवसर जुट्ला । मनमा प्रसन्नता छाउने कुनै शुभ समाचार सुन्न पाइएला । आर्थिक लाभ समेत योग रहला ।