♈︎मेष Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रारम्भ भएका कार्यले सफलताको मार्ग पक्रिएलान् । मनमा शान्ति तथा मुहारमा कान्ति छाउला । अतिथिका रुपमा स्वागतसत्कार समेत प्राप्त हुनसक्ला ।
♉︎वृष Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
शत्रुपक्षको पराजय होला । वस्त्र, अर्थ, उपहार वा पुरस्कार प्राप्ति हुनसक्ला । घरमा नवीन रौनकता छाउला ।
♊︎मिथुन Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह
मनमा अशान्तिले डेरा जमाउला । यात्राको क्रममा अनेकानेक विध्नबाधाहरुको सामना गर्नुपर्ला । कुनै अशुभ समाचार सुन्नुपर्ने हुनसक्छ ।
♋︎कर्कट Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्वजनसँगै वैचारिक मतभेदको वातावरण सिर्जना होला । स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ला । हरकार्यमा विघ्नबाधाको सामाना गर्नुपर्ला ।
♌︎सिंह Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आरोग्यतामा थप वृद्धि आउला ।गरेका कार्यको उचित प्रतिफल मिल्ला ।आर्थिक कारोबारमा फाइदा होला ।
♍︎कन्या Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
मन असन्तोषरुपि आगोमा प्रज्वलित होला । आर्थिक शंकटको सामना गर्नुपर्ला । आँखामा कष्ट वा समस्या देखापर्ला ।
♎︎तुला Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
सामाजिक मानसम्मान आदरसत्कार प्राप्त होला । कुनै महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नुपर्ला । नयाँ कार्यक्षेत्रको लगानी शुभफलदायक होला ।
♏︎वृश्चिक Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
विश्वासपात्रबाटै घातप्रतिघात हुनसक्ला । अनावश्यक ठाउँमा धननाश भएर जाला । आत्मविश्वासमा केही कमी आउनसक्छ ।
♐︎धनु Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
भ्रमण तथा आफन्तजनसँग भेटघाटको मौका मिल्ला । अनायासै आर्थिक लाभ होला । मनमा उत्साह तथा जाँगर बढ्ला ।
♑︎मकर Capricorn
भो, जा, जि, जु, जे, जो, खा, खि, खु, खे, खो, गा, गि
स्वास्थ्यस्थिति प्राय अनुकूल रहला । कुनै नयाँ कामको प्रस्ताव आउनसक्छ । नियमितभन्दा बाह्य कामबाट फाइदा होला ।
♒︎कुम्भ Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आशा गरेको व्यक्ति वा स्थानबाटै असहयोगको परिस्थिति बन्ला । व्यापार व्यवसायमा पनि असन्तुलनता देखापर्ला । पूर्व सम्झौता तोडिन सक्ला ।
♓︎मीन Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
अनावश्यक व्यक्तिसँगको वादविवादमा अल्झिएर समय बित्ला । अचानक स्वास्थ्यमा प्रतिकूलता देखिनसक्छ । एउटै काम पनि पटकपटक गर्नुपर्ने झमेला होला ।