पोखरा उपत्यकामा दैनिक उपभोग्य सामान, पार्सल तथा महत्त्वपूर्ण कागजात छिटो, सुरक्षित र सुलभ मूल्यमा एक ठाउँबाट अर्को ठाउँमा पुर्याउने उद्देश्यका साथ ‘तुरुन्तै अनलाइन डेलिभरी’ (TURUNTAI.online Delivery) सेवा सञ्चालनमा आएको छ। “जे पठाउनुस्, तुरुन्त पुग्छ!” भन्ने मूल नाराका साथ सुरु भएको यस इन्स्ट्यान्ट पिकअप तथा डेलिभरी सेवाले पोखरेली नागरिक, अनलाइन विक्रेता र स्थानीय व्यवसायीहरूलाई सामान ओसारपसारमा ठूलो सहजता थप्नेछ। पोखराको व्यस्त ट्राफिक र भौगोलिक अवस्थालाई ध्यानमा राख्दै मुख्यगरी दुई पाङ्ग्रे सवारीसाधन (बाइक) मार्फत छिटो र प्रभावकारी रूपमा सामान ओसारपसार गर्ने व्यवस्था मिलाइएको छ।
यस सेवामार्फत सर्वसाधारण तथा व्यवसायीहरूले आफन्तलाई उपहार पठाउन, फाइल वा डकुमेन्टहरू पुर्याउन, अनलाइन अर्डर गरिएका सामान ग्राहकसम्म पुर्याउनका साथै साना व्यापारिक सामानहरू सहजै ओसारपसार गर्न सक्नेछन्। व्यक्तिगत प्रयोगकर्ताका लागि कुनै पनि स्थानमा पार्सल वा अत्यावश्यक सामान पुर्याउन यो सेवा निकै उपयोगी हुनेछ भने पोखराभरि आफ्ना उत्पादनहरू छिटो पुर्याउन चाहने अनलाइन भेन्डर र स्थानीय पसलहरूका लागि यो सेवा झनै प्रभावकारी बन्ने देखिन्छ।
सेवालाई सर्वसुलभ र किफायती बनाउन कम्पनीले विशेष शुल्क निर्धारण गरेको छ, जसअन्तर्गत साधारण ग्राहकहरूले प्रति डेलिभरी ९९ रुपैयाँमा सामान पठाउन सक्नेछन्। दैनिक धेरै डेलिभरी गर्नुपर्ने अनलाइन सेलर, पसल तथा व्यापारिक संस्थाहरूका लागि भने सहुलियतदरमा प्रति डेलिभरी ९० रुपैयाँ मात्र शुल्क तोकिएको छ। छिटो पिकअप, भरपर्दो डेलिभरी र सुलभ मूल्यलाई प्राथमिकता दिएको TURUNTAI.online Delivery ले पोखराको स्थानीय डेलिभरी प्रणालीमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ। सेवा लिन वा बुकिङ गर्न चाहनेहरूले ९७६९४९७९७१ वा ९७६९४९४१५८ मा सम्पर्क गर्न, turuntai.online उनीहरूको आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत सिधै जोडिन सक्नेछन्।


What do you feel about this post?
Like
Love
Happy
Haha
Sad

